स्वयम्भुको तल्लो फाँटस्थित डल्लु चौतारानजिकै छिँडीजस्तो डेरामा ३४ बर्षीया सन्तोषी नेपाली भेटिइन । उनलाई अरुका घरका धन्दा, होजियारी कम्पनीको ज्यालादारी काम र काखका दुई छोराको हेरविचार गर्नै भ्यानभ्याई छ ।
यहीबीचमा उनलाई बुधबारदेखि फेरि जिल्ला अदालत धाउनु परेको छ । छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौतारिरहेकी सन्तोषीको सोतोजस्ततो कोठामा कपडा, खानेकुरा, ग्यास, पानी बोटल, जुत्ताचप्पल असरल्ल देखिन्छन् ।
भाईबुहारी, छोरासहित ७ जनाको परिवार त्यही एउटै कोठामा बस्दा रहेछन् । १० महिनाअघि जेठ ५ बलात्कारपछि हत्या गरिएकी १० बर्षीया छोरी अमुताको सम्झानाले उनलाई घरीघरी झस्काईरहन्छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ फागुन २०७४, ०८ : २५
लेखकबाट थप