कित्ताकाटको निर्णय प्रस्तावित स्मार्ट सिटीमा लागू नहुने

पत्रपत्रिकाबाट

आइतबार, २८ भदौ २०७७, ०८ : २५
कित्ताकाटको निर्णय प्रस्तावित स्मार्ट सिटीमा लागू नहुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट गर्ने निर्णय काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा स्मार्ट सिटीको हकमा लागू नहुने भएको छ ।

स्मार्ट सिटीको हकमा मन्त्रिपरिषद्ले विशेष प्रयोजनका लागि कित्ताकाट रोक लगाएको हो भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्री स्तरीय निर्णय गरेर कतिपय क्षेत्रमा कित्ताकाट फुुक्का गरेको हो । जग्गाको कित्ताकाटलाई फुकुवा गरे पनि उपत्यकामा प्रस्तावित चारवटा सहरभित्रको जग्गाको हकमा त्यो निर्णय लागू हुन नसक्ने काठमाडौंँ उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले जानकारी दिए ।

अहिलेको मन्त्री स्तरीय निर्णयका आधारमा नयाँ सहरका लागि सीमा तोकिएका क्षेत्रभित्रको जग्गा९लाई कित्ताकाट गर्न नमिल्ने उनले स्पष्ट पारे । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भदौ १८ गते मन्त्री स्तरीय निर्णयबाट तीन वर्षअघि रोकिएको जग्गाको कित्ताकाटलाई फुकुवा गर्ने निर्णय गरेको थियो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस