म्याड्रिड । स्पेनी फरवार्ड अन्सु फाती आइतबार आफ्नो देशका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी भएका छन् । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले युक्रेनमाथि ४–० को जित दर्ता ग¥यो ।
३२ औँ मिनेटमा गोल गरेका बार्सिलोनाका फातीले कीर्तिमान बनाए । कप्तान सर्जियो रामोसले दुई गोल गरे । त्ययो उपलब्धि बनाउँदा उनी १७ वर्ष ३ सय ११ दिनका थिए । यस क्रममा उनले स्पेनी फुटबलको ९५ वर्ष पुरानो कीर्तिमान पनि भंग गरेका छन् ।
स्पेनका लागि चौथो गोल फेरान टोरेसले गरे । यही समूहमा जर्मनी र स्विट्जरल्यान्डले १–१ को बराबरी खेले । अन्य खेलमा ग्रिसले कोसोभोलाई २–१ ले हरायो भने सर्बिया र टर्कीले गोलरहित बराबरी खेले ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ भदौ २०७७, ०७ : ४०
लेखकबाट थप