भरतपुर :एकै चोटी २ सन्तान गुमाउनुको पिडा । त्यस माथि श्रीमतीले आखाँ नदेख्ने भए पछि पदमपुर ४ का विजय सिहं गोलेलाइ पिडा माथि पिडा थपिएको छ । सस्शत्र जनयुद्धमा होमिएका उनका कान्छा छोरा अनुपम गोले र कान्छी गोलेको ०५९ सालमा मृत्यु भयो । युद्धमा जाने बेला छोरा १९ बर्षका थिए भने छोरी मात्र १७ बर्षकी थिईन् । आफ्नो काखका छोरा छोरीलाई गुमाए पछि उनको जीवनमा बज्रापात सुरु भयो । कलिलो उमेरमा छोरा छोराको ज्यान गए पछि उनले पत्नीलाई सम्हान गारो प¥यो । म चाही विस्तारै सम्हालिए तर पत्नीलाई सम्हानलाई धेरै बर्षसम्म सकिन, उनी भन्छन,“२ बर्षसम्म त उनको आखाँ ओभाएन् ।
त्यो समय गोले परिवार चितवनको बादँरझुलामा बसोबास गर्थे । ०५४ सालमा मकवानपुरबाट बादँरझुला बसाई सरेका गोले परिवार । घरका २ कान्छा छोरा छोरी युद्धमा निस्किएको केहि महिनामै उनीहरुको सेनासगँको दोहोरोमा ज्यान गयो । गोल भन्छन् सरुमा छोरा अनुपमको ०५९ साल असार तिर लमजुङमा ज्यान गयो भने त्यसको ७ महिना पछि छोरी अनुको पुर्वी चितवनको विरेन्द्र नगर खुरखुरेमा ज्यान गयो । उनका दुई सन्नताको ज्यान मात्र गएन ,सन्तानको शोकमा रुदै आखाँ मिचे पछि उनको पत्नीको आखाँमा फुला पर्यो । अहिले श्रमती कत्ति पनि आखाँ देख्न सक्दिनन् । राज्यले ०५९ सालमै बादँरझुला बस्ती उठाएपछि उनी चितवनको नारायणपुरको नहरको किनारको ऐलानी जग्गामा बस्न थाले । त्यहाँ बस्न पनि सहज नभएपछि उनी अहिले पदमपुरमा बस्दै आईरहेका छन् ।
उनी स्मरण गर्छन् मेरो छोरी कान्छी अनु एक दमै आटँ भएकी थिई । युद्धमा जाने भन्ने कुरा पनि मलाई थाहा थिएन् । घरबाट राती निस्किएर गए पछि विहान मात्र थाहा भयो । घरबाट नभनी निस्किएकी छोरीको एकै चोटी मृत्यु भएको खबर आयो । अहिले उनका २ छोराहरु अर्कौ ठाउँमा बस्छन् । छोरी भएको भए यस्तो हुदैन् थियो उनी भन्छन् ।
उमेरले ६८ नाघ्न थाल्यो । २ बर्ष पछि वृद्धि भत्ता पाउने आशमा खुसी छन् उनी । अहिले पदमपुर कै स्थानिय जीत बहादुर तमाङले उपलब्ध गराएको ३ कट्टा क्षेत्रफल जग्गा कमाएर झुप्रो घरमा बस्दै आईरहेका छन् । आफ्नो नाममा जग्गा नभए पनि त्यही जग्गा कमाएर ज्यालादारी गर्दै जिविका र्पाजन गर्ने गरेको गोलेले बताए । द्धन्द्धकालमा मारिएकाहरुलाई सरकारले १० लाखको दरले राहात दिने भने पनि अहिले सम्म छोरा र छोरीको ५/५ लाख रुपैयाँ मात्र पाएको उनी बताउछन् । उनी भन्छन् पाटीले अहिले बेला बेलामा सम्मान गर्दै हामीलाई थमथमाएर राखेको छ ।
गोल अहिले माओवादीहरु पाटीहरु फुटेको भन्दै दुःख व्यक्त गर्छन् । यसरी युद्धमा एउटै भएर अगाडी बढेकाहरु फुटेर शहिदहरुको सपना पुरा नहुने उनको धारणा छ । निराश हुदै उनी भन्छन् अब खोई हामीलाइ हेर्ने को छ र ? हामीलाइ सरकारले गासँ बास कपासको व्यवस्था गरी दिए अरु केहि चाहिएको छैन ।
प्रतिक्रिया दिनुहोस