काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै पद त्याग गर्नुभएका जापानका प्रधानमन्त्री सिन्जो आबेलाई जापानको इतिहासकै सवैभन्दा राम्रो प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ ।
दुई नेताबीचको टेलिफोन कुराकानीका क्रममा ट्रम्पले आबेको प्रशंसा गर्दै राम्रो प्रधानमन्त्रीको संज्ञा दिनुभएको हो ।
जापानका तत्कालिन प्रधानमन्त्री ६५ बर्षीय आबेले गत शुक्रबार पद त्यागेको घोषणा गर्नुभएको थियो ।
आफ्नो अस्वस्थताका कारणले गर्नु पर्नेजति काम गर्न नसकेको र त्यसले देश र जनतालाई हानी पु¥याउन लागेको भन्दै उहाँले राजीनामा दिनुभएको थियो ।
अझै झण्डै साढे एक बर्ष कार्यकाल बाकी रहेकै बेला पद त्यागको घोषणा गर्नुभएका आबे जापानको इतिहासमा सवैभन्दा धेरै समय प्रधानमन्त्री बन्ने नेता पनि हो ।
गत आइतबार राति ट्रम्पले फोन गरेपछि दुई नेताले पछिल्लो चार वर्षमा आफूहरुका बीचमा भएका सहकार्य, भेटघाट र वार्तालापहरुको स्मरण पनि गर्नुभएको थियो ।
समीक्षाका क्रममा दुई नेताले आफुहरुबीचको सम्वन्ध विशिष्ट प्रकारको भएको चर्चा गर्नुभएको थियो ।
आबेले पद त्यागको घोषणा गरेपछि उहाँहरुका बीचमा पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले जापानमा आबे प्रधानमन्त्री भएको बेलामा जापान र अमेरिकाबीचको सम्वन्ध सुमधुर रहेको उल्लेख गर्नुभएको थियो ।
उहाँले जापान–अमेरिका सम्वन्ध आगामी दिनमा पनि थप सुदृढ हँुदै जाने विश्वास व्यक्त गर्दै जापानलाई राम्रो बनाउन आबेको अति महत्वपूर्ण भूमिका रहेको दावी गर्नुभयो ।
आबेको कार्यकाल अर्को बर्ष सन् २०२१ को सेप्टेम्बरसम्मका लागि थियो । उहाँले पद त्याग गरेपछि जापानमा अहिले नयाँ प्रधानमन्त्री चयन गर्ने प्रक्रिया चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ भदौ २०७७, १९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टिभीले च्यानलले डोनाल्ड ट्रम्पलाई १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने
शपथ लिनेबित्तिकै ट्रम्पले ६४५ जनालाई सजाय माफी दिने
जय भट्टाचार्यलाई एनआईएचको निर्देशक बनाउने ट्रम्पको घोषणा
चुनाव जितेपछि ट्रम्पले गरे मस्कसँग पार्टी
पुटिनसँग वाता गर्न तयार छु : ट्रम्प
ट्रम्पको आगमनले गाजामा जारी द्वन्द्व अन्त्य हुने प्यालेस्टाइन र हमासकाे आशा