फेरि होम डेलिभरी सेवा खुलाउने तयारी

पत्रपत्रिकाबाट

सोमबार, १५ भदौ २०७७, ०८ : २९
फेरि होम डेलिभरी सेवा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले होम डेलिभरी सेवा सञ्चालन गर्न दिने तयारी थालेको छ । सेवा सञ्चालनको मापदण्ड बनाउन आइतबार समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको सरोकारवालाको बैठकले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको संयोजकत्वमा मापदण्ड तयार पार्न समिति गठन गरेको हो । समितिमा वाणिज्य मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीका प्रतिनिधि पनि रहेनछन् ।

निषेधाज्ञाको अवधिमा अनलाइन डेलिभरी सेवा दिन नपाइने भन्दै यस्तो सेवामा संलग्नलाई प्रहरीले बुधबार र बिहीबार पक्राउ गरेको थियो । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस