भारतको श्रीनगरमा चरमपन्थी हमला, पाँचको मृत्यु

एजेन्सी

सोमबार, २१ फागुन २०७४, १२ : ०२
भारतको श्रीनगरमा चरमपन्थी हमला, पाँचको मृत्यु

काठमाडौं । भारत प्रशासित कश्मीरको शोपियामा आइतबार राती चरमपन्थी आक्रमण भएको छ । आक्रमणमा एक चरमपन्थीको मृत्यु भएको छ भने चार युवकको शव फेला परेको छ । बीबीसीका अनुसार यो आक्रमण श्रीनगरबाट झण्डै ६० किलोमिटर टाढा दक्षिण कश्मीरको  शोपियाको पहनू गाउँमा भएको हो ।

सेना के प्रवक्ता कर्णेल राजेश कालियाले सेनाको जवाफी कारवाहीमा एक चरमपन्थी मारिएको र हतियार बरामद गरिएको दावी गरेका छन् । उनले गाडीमा सवार चरमपन्थीका तीन जना ‘ग्राउण्ड वर्कर’ हरुको पनि सेनाको कारवाहीमा मृत्यु भएको बताए ।

चौथो युवकको शव सोमवार बिहान फेला परेको बीबीसीले जनाएको छ । कश्मीरका अलगाववादी नेताहरुले आक्रमणमा मारिएका तीनै युवक सर्वासाधारण नागरिक भएको बताएका छन् ।बीबीसी

प्रतिक्रिया दिनुहोस