काठमाडौं । भारत सरकारले पर्वतारोहणका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनेहरूका लागि दिँदै आएको प्रतिष्ठित तेन्जिङ नोर्गे नेसनल एड्भेन्चर अवार्ड विवादमा तानिएको छ । हिमाल आरोहण र साहसिक पर्यटन क्षेत्रमा निकै प्रतिष्ठित मानिएको यो पुरस्कार सगरमाथा चढेको दाबी गरेका नरेन्द्र सिंहलाई दिने भारत सरकारको घोषणा विवादास्पद बनेको हो । नरेन्द्रलाई पुरस्कार दिने भारत सरकारको निर्णयप्रति भारतीय आरोहीहरूले आश्चर्य प्रकट गरेका छन् ।
यस वर्ष सिंहसहित अन्य ६ जनाले यो पुरस्कार पाउँदै छन् । जसमा सगरमाथा आरोही अनिता कुन्डु पनि छिन् । उनी दक्षिणी र उत्तरी मोहडाबाट सगरमाथा चढ्ने पहिलो भारतीय महिला हुन् । उनीहरूलाई आगामी अगस्ट २९ मा राष्ट्रपति रामनाथ कोविन्दले पुरस्कार दिने कार्यक्रम रहेको छ ।
भारतको हरियाणा राज्यका नरेन्द्र तिनै व्यक्ति हुन्, जसमाथि २०१६ मे २० मा विश्वको उच्च शिखर सगरमाथा आरोहणको झूटो दाबी पेस गरेर प्रमाणपत्र लिएको आरोप लागेको छ । उनको आरोहणमाथि सुरुदेखि नै प्रश्न उठ्दै आएको छ । त्यही भएर आरोहण क्षेत्रमा सम्बद्धहरूले शंकाको निवारण नहुँदै यस क्षेत्रकै प्रतिष्ठित पुरस्कार दिइनु तेन्जिङ नोर्गे शेर्पाकै अपमान भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
नरेन्द्रलाई पुरस्कारको घोषणा हुनासाथ सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूले उक्त निर्णयप्रति व्यापक असन्तुष्टि व्यक्त गरेका छन् । नरेन्द्रको दाबीमाथि भारत र नेपाल सरकार दुवैले गम्भीरतापूर्वक छानबिन गर्न मागसमेत उठेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १२ भदौ २०७७, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैनिक दुई सय लिटर दूध बेच्ने किसानलाई डेढ लाख पुरस्कार
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले गरे पुरस्कार वितरण
यसवर्ष यिनिहरुले पाउदैछ्न विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार ?