किम जोङ उनको नक्कली पासपोर्ट ?

सोमबार, २१ फागुन २०७४, ०८ : १३
किम जोङ उनको नक्कली पासपोर्ट ?

उत्तर कोरियाली शासक किम जोङ उन र उनका पिता किम जोङ इलले १९९० मा ब्राजिलको नक्कली पासपोर्ट हासिल गरेका थिए भन्ने प्रमाण भेटिएको छ । समाचार एजेन्सी रोयटर्सलाई ती दस्ताबेजको फोटोकपी प्राप्त भएको छ, जसमा जोङ उनलाई जोसेफ पाग देखाइएको छ ।, यो खबर आजकोनयाँ पत्रिकामा छापिएको छ ।

जब कि पिताको नाम रिकार्डो र आमाको नाम मार्सेला लेखिएको छ । किम जोकिम जोङ उनका पिता किम जोङ इलको पासपोर्टमा उनको नाम आइजोङ तकोई बताइएको छ । ब्राजिलको एक सुरक्षा एजेन्सीले रोयटर्सलाई बताएको छ— चेक रिपब्लिकको राजधानी प्रागस्थित ब्राजिलको दूतावासबाट जारी गरिएका यी दस्ताबेज हेर्दा बिल्कुलै सक्कली देखिन्छन् ।

सुरक्षा एजेन्सीको अर्को एउटा सूत्रले बताएअनुसार यी दस्ताबेज पश्चिमी देशको भिसा हासिल गर्न गरिएको थियो । तर, भिसा जारी गरियो अर्थात् यी दस्ताबेज उपयोग गरिएका थिए भन्नेचाहिँ पुष्टि गर्न सकिन्न । तर, उत्तर कोरियाली सत्तारुढ परिवारलाई नक्कली दस्ताबेजको आवश्यकता किन प-यो ?

के साँच्चै यस्तै भएको थियो ?
ब्राजिलको पासपोर्टसित किम जोङ उनको परिवारको नाम जोडिएको यो नै पहिलोपटक होइन । २०११ मा अधिकारीहरूलाई उद्धृत गर्दै जापानी मिडियाले किम जोङ उन आफ्ना भाइ जोङ चुलका साथ ब्राजिलको दस्ताबेजका आधारमा टेकियोस्थित डिज्नेल्यान्ड गएको उल्लेख गरेका थिए ।

जोङ उनका सौतेनी दाइ जोङ नम २००१ मा डोमिनिकनको नक्कली पासपोर्टमा जापान प्रवेश गर्दै गर्दा पक्राउ परेका थिए । किमका लागि यसरी नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ? ९० को दशकमा उत्तर कोरियालाई संरक्षण दिइरहेको सोभियत संघको विघटन भइसकेको थियो ।

देशमा आन्तरिक रूपमा अनिकाल र शासकीय कठोरताका कारण बेहाल थियो । अर्बौं डलरको विदेशी ऋणमा डुबेको यो देश त्यतिखेर अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको थियो । पूरै विश्वमा शीतयुद्धपछिको कूटनीतिमा उत्तर कोरियाका मित्रको संख्यामा लगातार कमी आइरहेको थियो । यसबाट पनि यहाँका पासपोर्टको सीमित उपयोग थियो ।
यी सबका बाबजुद बेलायती सुरक्षा टिंक ट्यांक च्याथम हाउसका उत्तर कोरिया विशेषज्ञ डा. जोन निल्सन राइटलाई आफ्नो शासनको दोस्रो वर्षमै किम जोङ इल नक्कली पासपोर्टमा विदेश गएको विषयमा अचम्म लाग्छ । किमका लागि नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ?

डा. राइटले बिबिसीको एक कार्यक्रममा भने– उनले यस्तो किन गर्न चाहेका होलान् र ? किम जोङ इल जोखिम उठाउन पटक्कै चाहँदैनथे । हामी सबैलाई थाहै छ कि उनले कैयौँ अवसरमा मस्को र बेइजिङको भ्रमण गरेका थिए ।

तर, त्यसका लागि उनलाई पासपोर्ट आवश्यक नपरेको हुन सक्ने निकै सम्भावना छ । यसबाट त यही लाग्छ कि यो उनी र उनका छोराको उत्तर कोरियाबाट सम्भावित रूपमा जोगिएर निस्किने बाटो बनाउने प्रयास पनि हुन सक्छ ।

ब्राजिल नै किन ?
ब्राजिलका एक अधिकारीले २०११ मा अल जजिराका एक पत्रकारलाई बताएका थिए— ब्राजिलको असमान जनसंख्याका कारण आमधारणा यस्तो छ कि यस धर्तीमा कसैले पनि उचित रूपमा ब्राजिलियन भएको दाबी गर्न सक्छ र यही कारण हो, यहाँको पासपोर्टको माग अधिक छ । यो दाबी आज पनि सही नै छ । तर, यसको पुष्टिका लागि त्यति धेरै तथ्यांक उपलब्ध छैन ।

ब्राजिलको सरकार स्वयं यो स्विकार्छ कि २००६ मा व्यापक रूपमा सुरक्षा व्यवस्था अपनाउनुअघि ब्राजिलको नक्कली पासपोर्ट बनाउन निकै सजिलो थियो । किम सजिलै यसलाई प्राप्त गर्न सफल पनि भएका होलान् । किनकि, ब्राजिलमा ठूलो संख्यामा पूर्वी एसियाली मूलका मानिस बस्छन् ।

१९५०—५३ को विनाशकारी कोरियाली युद्धपछि उत्तर कोरियामा तीव्र विकास र पुनर्निर्माणको क्रममा कोरिया र चेकोस्लोभाकियाबीच आर्थिक र सहकारी सम्बन्ध विकसित भएको थियो ।

प्रतिक्रिया दिनुहोस