ऋषि पञ्चमीमा बागमतीमा नुहाउन गएका तीन जना बालिका बेपत्ता

सफल खबर संवाददाता

आइतबार, ०७ भदौ २०७७, १४ : ५९
ऋषि पञ्चमीमा बागमतीमा नुहाउन गएका तीन जना बालिका बेपत्ता

रौतहट । ऋषि पञ्चमीमा बागमती नदीमा नुहाउन गएका तीन जना बालिका बेपत्ता भएका छन् । 

रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका ह्न। ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएका बालिकाहरु  बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

घटना लगत्तै ईलाका प्रहरी कार्यालय समनपुरका सई क्षेत बहादुर बरुवालको कमान्डमा ५ जना र सशस्त्र बेस क्याम्प समनपुरबाट ५ जनागरी १० जनाको टोली घटनास्थल पुगेर खोजी कार्य जारी राखेको छ । 

ऋषि पञ्चमीको अवसरमा सप्त ऋषिको पुजा गर्न आज बिहानै प्रत्येक घरका महिलाहरू गाउँ नजिकको नदी, खोला, तलाउ, पोखरी तथा जलाशयमा गएर नुहाइ धुवाइ गर्ने तराईमा चलन रहिआएको आएको छ ।

प्रतिक्रिया दिनुहोस