रुपन्देही । नेपाल इन्भेष्टमेण्ट बैंकले रुपन्देही सिदार्थनगर नगरपालिका वडा न. ५ मा रहेको भैरहवा शाखा कार्यालय सोही नगरपालिकाको नारायणपथस्थित आफ्नै भवनमा स्थानान्तरण गरेको छ । स्थानीय माग अनुसार कारोबार गर्ने स्थान सानो भएकाले आवश्यकता पूर्तिका लागि बैंकले सुविधासम्पन्न भवन निर्माण गरी शाखा सारेको हो ।
बैंकले हाल ६६ वटा(नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) शाखामार्फत बैंकिङ सेवा दिइरहेको छ । बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा बिस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
हाल प्रदेश नम्वर १ मा ८ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्बर ३ मा ३१ वटा, प्रदेश नम्बर ४ मा ५ वटा, प्रदेश नम्बर ५ मा ८ वटा, प्रदेश नम्बर ६ मा ४ वटा र प्रदेश नम्बर ७ मा ४ वटा शाखा पुगेको छ ।
साथै बैंकले यसै आर्थिक वर्षमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस