काठमाडौं । साताको पहिलो दिनको कारोबार सकिन एक घण्टा बाँकी छँदा नेप्से परिसूचक ५५ अंले घटिसकेको छ । कारोबार सुरु हुनेबित्तिकै ह्वात्तै गिरावट देखिएको नेप्से ५४ दशमलव ५ अंकले घटेको हो ।
अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पाादक क्षेत्र भन्नुको नतिजा सेयर बजारको प्रारम्भिक लयले देखाएको जानकारहरुले बताएका छन् । भारी अंकले घटिरहेको बजारमा सबै समूह राताम्य छन् । यीमध्ये सबैभन्दा बढी बीमा समूहको परिसूचक ३३५.२१ अंकले ओरालो लागेको छ ।
परिसूचक सँगै कारोबार रकम पनि कम भएको देखिएको छ । यतिबेरसम्म कूल १४९ कम्पनीका ३६ करोड ७९ लाख रुपैयां बराबरको सेयर किनबेच भएका छन् ।
प्रतिक्रिया दिनुहोस