‘शत्रुगते’ को ट्रेलर एक नम्बर ट्रेन्डिङमा

शनिबार, १९ फागुन २०७४, १२ : ५५

काठमाडौं । महसञ्चारले १७ वर्ष पछि निर्माण गरेको कथानक चलचित्र ‘शत्रुगते’ को ट्रेलर एक नम्बर ट्रेन्डिङमा आएको छ । सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेलर एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो ।

राजधानीमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलरमा चलचित्रका अधिकांश कलाकार फिचर छन् ।

प्रदिप भट्टराईले निर्देशन गरेको चलचित्रमा महजोडी सँगै दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, राजाराम पौड्याल, प्रियंका कार्की, आंचल शर्मा, बसुन्धरा भुसाल, किरण केसी, नरेन्द्र कंशाकार लगायतका कलारकारले अभिनय गरेका छन् ।

हरिवंश आचार्यको कथा रहेको चलचित्रको पटकथा दीपकराज गिरी र प्रदीप भट्टराईले लेखेका छन् । संवाद हरिवंश आचार्य र प्रदिप भट्टराईको रहेको चलचित्र दीर्घ गुरुङले खिचेका छन् । चलचित्र चैत ९ गते प्रदर्शनमा आउने छ ।

प्रतिक्रिया दिनुहोस