सिन्धुपाल्चोक ।पाँचपोखरी थाङ्पाल गाउँपालिकाको विकट वडा नं ६ थाङ्पाल धाप लेखर्ककी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बिहान ८ बजेदेखि भर्ना गरिएकी ३४ वर्षीया पासाङ लामालाई स्थानीय स्वास्थचौकीबाट सुत्केरी गराउन नसकेपछि गाउँपालिकाको पहलमा नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।
शिशुको टाउको ठूलो रहेको र मुटुको धड्कन सामान्य नरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख आत्माराम धितालले जानकारी दिएस् । अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ साउन २०७७, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार, चार आरोपी पक्राउ
डुङ्गा दुर्घटनापछि समुद्रमा अलपत्र थप रोहिङ्ग्या शरणार्थीको सकुशल उद्धार
अपहरणमा परेका एक वर्षीय बालकको उद्धार
मनाङमा घर भत्किँदा एकको मृत्यु, सात जनाको सकुशल उद्धार
रुसी सेनामा नेपाली भर्ना : १४० जनाले दिए उद्धारका लागि आवेदन
इनारमा खसेकी महिलाको साढे दुई घण्टापछि उद्धार