काठमाडौं । ‘कोका–कोला मोःमहोत्सव २०१८’ क्याम्पेन सम्पन्न भएको छ । जनवरी १५ बाट सुरु भएको यो महोत्सव करिब ढेड महिना सञ्चालन भएको थियो । सन् २०१६ देखि सुरु भएको मोःमहोत्सवलाई कोका–कोलाले यो वर्ष पनि निरन्तरता दिएको हो ।
यो क्याम्पेनमा कोका–कोला र मःमको कम्बो प्याकको साथमा नेपाली चिरपरिचित सेलिब्रेटीसँग भेटने र सेल्फी खिच्ने मौका प्रदान गरिएको थियो । कोका–कोला मोःमहोत्सवलाई नेपालभर एक हजारभन्दा बढी होटल तथा रेष्टुराहरुमा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
यो क्याम्पेनको मुख्य आर्कषणको रुपमा खानाको पारखी चर्चित कलाकार तथा नायिका प्रियंका कार्कीको साथमा नायिका स्वस्तिमा खड्का र बर्षा शिवाकोटी जोडिएका थिए । उनीहरुले बिभिन्न आउटलेटमा पुगेर आफ्ना शुभेच्छुक र फ्यानहरुसँग बसेर मःम र कोका–कोलाको कम्बो प्याकको मज्जा समेत लिएका थिए, साथै उनीहरुले आफ्ना फ्यानसँग फोटो खिच्ने र हरेकसँग कुराकानी समेत गर्न भ्याएका थिए ।
प्रतिक्रिया दिनुहोस