सुनको मूल्यमा नयाँ कीर्तिमान : तोलाको १ लाख १ हजार ४ सय

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, ११ : ०९
सुनको मूल्यमा नयाँ कीर्तिमान : तोलाको १ लाख १ हजार ४ सय

फाइल फोटो

काठमाडौँ । दिनप्रतिदिन बढिरहेको सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । बुधबार छापावाल सुनको मूल्य १ लाख १ हजार ४०० पुग्दै  नयाँ कीर्तिमान कायम भएको हो । 

मंगलबार तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १ हजार ६ सय रुपैयाँले बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने छ । महासंघले तेजावी सुनको मूल्य भने १ लाख ९०० रुपैयाँ कायम गरेको छ । 

चाँदीको मूल्य आज १ हजार २ सय ९५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँ रहेको थियो । 

प्रतिक्रिया दिनुहोस