दाङ । दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका–५ साकिने निवासी २६ वर्षीया बाटुली नेपाली र उहाँका दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधा मात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ । यस विषयमा थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, १४ साउन २०७७, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द
पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार