– आशिष उप्रेती
चितवन । लायन्स क्लब अफ चितवन पर्सा र लियो क्लब अफ चितवन पर्साको संयुक्त आयोजनामा खैरहनी २, फुलबारि टोल विकास समितिको भित्रि बाटोमा आज वृक्षारोपण कार्यक्रम गरिएको छ ।
लियो क्लव अफ चितवन पर्साले विभिन्न ५ वटा ठाउँहरुमा असाहयका लागि सहयोगी हातहरु र युथ गर्ल्स क्लव नामका सामाजिक कार्यमा सहयोग गर्ने विभिन्न क्लवहरुसँग सहकार्य गरी लदरी खोला किनार, खैरहनी १३ को हात्ती काउन्टर र पन्चकन्या मावि जिरौनाको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम यो भन्दा अगाडि नै सम्पन्न गरिसकोको छ ।
विश्वमा रहेका जीवहरुलाई बचाई रहेको रुख बिरुवालाई संरक्षण गर्नुपर्छ भनेर वृक्षारोपण कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक नितिन बस्नेतले बताए । विभिन्न जातका बिरुवा गरी करिव १ सय ५० भन्दा बढी बिरुवा रोपीएको उनले बताए । हामी मानव जातिलाई बचाउने पृथ्वीलाई हामीले पनि बचाउनु पर्दछ भन्दै उनले विरुवा उपलब्ध गराउनु हुने लियो आयुस बानियालाई विशेष धन्यवाद समेत दिए ।
वृक्षारोपण कार्यक्रममा लियो जिल्ला परिसद ३२५ बि २ नेपालका प्रेसिडेन्ट एड्भाइजर अन्जन चौधरी र डिष्ट्रिक डाइरेक्टर रुपेश भट्टद्वारा अशोकको बिरुवा रोपी वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको थियो । सन्दिप अधिकारीको अध्यक्षतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ साउन २०७७, १७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एसबिआई बैंक लिमिटेडद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षारोपण