काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र महाधिवेशनको चर्चा चलेसँगै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) मान्य नहुने संकेत गरेका छन्।
आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेताहरूबीच सहमति खोज्ने क्रममा साउन ३ गते बसेको पार्टी सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा अर्ली महाधिवेशन गर्ने र नेतृत्व टुंगो लगाउने प्रस्ताव गरेसँगै जबजको बहस सुरु भएको छ।
स्थायी कमिटी बैठक जारी रहेकै बेला शीर्ष नेताहरूबीच आन्तरिक विवाद बढेपछि सो बैठक स्थगित गरी सचिवालय बैठक डाकिएको थियो। सचिवालय बैठकमा ओलीले राखेको महाधिवेशनसम्बन्धी प्रस्तावलाई दाहालले स्वीकार गरेका थिए।
सचिवालय बैठक सकेर दाहाललाई लिएर ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए। राष्ट्रपति कार्यालयमा ओलीले ‘महाधिवेशन गरौं, तपाइँले जबजको नेतृत्व गर्नुस्’ भनेपछि जवाफमा दाहालले सर्वसम्मतिबाट आफू एकल अध्यक्ष हुन खोजेको र त्यसका लागि ओलीले ग्यारेन्टी गर्नुपर्ने बताएका थिए।
ओलीले त्यसको ग्यारेन्टी नदिएपछि राष्ट्रपति कार्यालयबाट फर्केका दाहालले कुरा नमिलेको सन्देश आफ्नो सचिवालयबाट सम्प्रेषण गराएका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ११ साउन २०७७, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको उपस्थितिमा १६औँ योजनाका विषयमा छलफल
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक बजेट उपलब्ध हुन्छ: प्रधानमन्त्री प्रचण्ड
भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको हो : प्रधानमन्त्री प्रचण्ड
सरकारको गति परिवर्तन गर्न नयाँ समीकरण बनाएका हौँ : प्रधानमन्त्री प्रचण्ड