सुरुङ्गा । झापाको बुद्धशान्ति गाउँपालिकामा पहिरोले घर पुर्दा एक युवकको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् ।
बुद्धशान्ति गाउँपालिका–७ मोतीडाँडामा गएको पहिरोले घर पुर्दा मेचीनगर–९ निवासी १५ वर्षीय विवेक दर्नालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मेचीनगरबाट बुद्धशान्ति–७ निवासी तेजकुमार बराइलीको घरमा पाहुना आएका दर्नालको मङ्गलबार राति झरेके पहिरोले घर पुर्दा मृत्यु भएको हो । अविरल वर्षासँगै झरेको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइतेहरुलाई स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरेका थिए । पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि घरमा आश्रितहरुलाई स्थानीय चर्चमा राति नै सारिएको छ । वुद्धशान्ति गाउँपालिका इलामसँग सिमाना जोडिएको गाउँपालिका हो ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ साउन २०७७, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द
पहिरो खसेपछि बेँसीसहर–चामे सडक अवरुद्ध
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध
सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
अफगानिस्तानमा पहिरो जाँदा २५ जनाको मृत्यु
फिलिपिन्समा पहिरोः ५ जनाको मृत्यु, ४५ को सकुशल उद्धार