पृथ्वी राजमार्गस्थित मोवा खोलाको पुल भत्कियो

सफल खबर संवाददाता

सोमबार, ०५ साउन २०७७, १७ : ०२
पृथ्वी राजमार्गस्थित मोवा खोलाको पुल भत्कियो

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गको मोवा खोलाको पुल भत्केको छ । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले भत्काएको हो । पुल भत्केपछि यातायात आवतजावत बन्द भएको छ । 

बाढीले पुलको धादिङतर्फको खण्ड भत्किएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार मोवाखोला नजिकैको ठाडो खोलाले टिपर पनि बगाएको छ ।