चितवन । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघ चितवन शाखामा नारायणी सामुदायिक अस्पतालका डा.लोकबहादुर सेढाई निर्विरोध अध्यक्ष भएका छन् ।
उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको छ । अध्यक्ष सहित आठ जना प्रजातन्त्रवादी प्यानल र पाँच जना प्रगतिशील प्यानलका रहने गरी नयाँ समिति निर्विरोध निर्वाचित भएको हो ।
वरिष्ठ उपाध्यक्षमा प्रगतिशील प्यानलकी डा. भारतीदेवी शर्मा चयन भएकी छन् । प्रजातान्त्रिक समूहका उम्मेदवारहरु उपाध्यक्षमा डा. गुरूशरण साह, सचिवमा डा. सुर्यप्रकाश सापकोटा र कोषाध्यक्षमा डा. मनोज कँडेल, सहसचिवमा डा. महेन्द्रकुमार अग्रहरी चयन भएका छन् ।
सहकोषाध्यक्षमा प्रगतिशील प्यानलबाट डा. अमित चौधरी निर्विरोध भएका छन् । सदस्यहरुमा प्रजातान्त्रिक प्यानलका डा. रोहन झा, डा. शिव कंडेल, डा. प्रजिता भण्डारी, प्रगतिशील प्यानलका डा. पल्लवराज पौडेल, डा. विवेक कँडेल र डा. किरण देवकोटा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस