रामेछाप । भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी अपायक स्थान हेटौंडामा भएको भन्दै केही समयमै सर्ने बताएका छन् ।
हेटौंडा छेउ भयो, कसैलाई पायक पर्दैन, स्थापितले भने, अब काठमाडौं आसपास राजधानी सर्छ ।
प्रदेश राजधानी सार्ने विषयमा आफूले अठोट लिइसकेको उनले बताए । आजको कान्तिपुरमा समाचार छ ।
समाचारमा लेखिएको छ, स्थापितले बढीमा डेढ महिनाभित्र राजधानी सर्ने दाबी पनि गरे ।
केही दिनअघि उक्त प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाबाट प्रदेश राजधानी अन्यत्र नसार्ने दाबी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस