बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

एजेन्सी

शुक्रबार, १९ असार २०७७, १५ : ५३
बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन

मुम्बई । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको ७१ बर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ । उनले हवा हावाइ, ढक ढक र एक दो तीनलगायतका दर्जनौ चर्चित गितको नृत्य निर्देशन गरेकी छिन् । उनी बलिउडमा झण्डै चार दशक सक्रिय रहेकी थिइन् । 

तीन पटक राष्ट्रिय अवार्ड विजेता खान पछिल्लो केही समयदेखि अस्वस्थ थिइन् । उनलाई गत जुन २० मा गुरु नानक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना परीक्षण समेत गरिए पनि संक्रमण भने नदेखिएको चिकित्सकहरुले बताएका छन् । 

“उनको गएराती २ः३० मा अस्पतालमै निधन भयो,” खानका भान्जा मनिष जग्वानीले पिटिआईसँग भने । खानका एक छोरा राज खान र छोरी सुकैना खान रहेका छन् । उनको निधनप्रति भारतका सयौँ कलाकार र लाखौँ सुवेच्छुकहरुले दुःख व्यक्त गरेका छन् ।  (रासस/पिटिआई) 

प्रतिक्रिया दिनुहोस