काठमाडौं । अर्घाखाँची जिल्लामा सलह देखिएको छ । चार पालिकाका विभिन्न क्षेत्रमा सलह देखिएको हो । शीतगङ्गा नगरपालिकाका सबैजसो वडामा सलह देखिएको छ ।
सुवर्णखाल, सिद्धारा, ठाडादह, अमराई, कोप्चिबास, भेडामारे, सिमलपानी, जुकेना, सीतापुर, झिर्रा, मन्द्रेलगायत क्षेत्रमा सलह देखिएपछि स्थानीयवासीले धुवाँ लगाएर तथा थाल पिटेर भगाउने प्रयास गरेका छन् ।
भूमिकास्थान नगरपालिकाका धनचौर, ढिकुरा, ढाकावाङ र नुवाकोट, सन्धिखर्क नगरपालिकाको किमडाँडालगायत तथा पाणिनी र मालारानी गाउँपालिकामा विभिन्न क्षेत्रमा पनि सलह आएर मकै र तरकारीबाली नष्ट गरेको किसानले गुनासो गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १५ असार २०७७, २० : ४३
लेखकबाट थप