इतिहास

आउने युगका लागि हामी के निशान छोड्ने ?

एजेन्सी

मंगलबार, १५ फागुन २०७४, ०८ : ४२
आउने युगका लागि हामी के निशान छोड्ने ?

हाम्रो धर्ती करोडौँ वर्ष पुरानो हो । यस दौरान यसमा कैयौँ युग बितिसके । धर्तीले धेरै विपद् झेलेको छ । हजारौँ जीव सधैँसधैँका लागि विलिन भएको देखेका छौँ । बितेको हरेक समयले धर्तीमा आफ्नो निशाना छोड्दै गयो ।

लाखौँ करोडौँ वर्ष पहिलेका युगको निशान कस्ता हुन्छन् ?
पहिला तपाईंलाई २५ करोड वर्ष पहिला भएको एक घटनाको बारेमा बताउँछु । करिब २५ करोड २० लाख वर्ष पहिला धर्तीमा भयङ्कर ज्लामुखीहरू विस्फोट भएका थिए । यी ज्वालामुखी विस्फोटको कारणले धर्तीमा हलचल आयो । विश्वबाट अधिकांश जीवन पूर्ण रूपमा नष्ट भयो ।

भू–वैज्ञानिक त्यो घटनालाई धर्तीमा भएको सबैभन्दा ठूलो विनास भन्छन् । धर्तीमा त्यो समयमा भएका ९० प्रतिशत जीवजन्तु सकिएका थिए । ज्वालामुखी विस्फोट पछिको त्यो विनासले धर्तीमा त्यो समयम चलिरहेको पर्मियन युग सकियो । अर्को नयाँ युग ट्राइएसिक युगको सुरुवात भयो ।

यो घटनाको बयान गर्ने हो भने कसैले २५ करोड २० लाख वर्ष पहिलाको प्राकृतिक घटनामा विश्वास गर्छन् । हरेकलाई यो घटनामा विश्वास गर्न प्रमाण चाहिन्छ । धेरै छन् । यो महाप्रलयको निशान आज पनि धर्तीमा छन् ।

यसका लागि तपाईं दक्षिणी चीन जानुपर्ने हुन्छ । चीनको सिन्जियाङ्ग सुबेको मिसान नामको ठाउँमा एउटा सीधा चट्टान छ । यस चट्टानलाई महाविनास भएको सबैभन्दा ठूलो प्रमाण मानिन्छ । जसले धर्तीमा पर्मियन युगको अन्त्य र ट्राइएसिक युगको सुरुवात भएको थियो ।

२००१ मा करिब २० वर्षको मिहिनेतपछि विश्वभरीका भू–वैज्ञानिकहरूले त्यो चट्टान नै २५ करोड वर्ष पहिला आएको प्रलयको सबैभन्दा ठूलो प्रमाण हो भन्ने माने ।

आजभोलि कुन युग चलिरहेको छ धर्तीमा
यो समयमा धर्तीमा एन्थ्रोपोसिन युग चलिरहेको छ । यो युग धेरै पुरानो होइन । यसको सुरुवात १९४८ अथवा आजभन्दा ७० वर्ष पहिलाको मानिन्छ ।

यो भौगर्भिक सीमा रेखाको पहिचान कसरी हुन्छ ? कुन हो त्यो ठाउँ, जुन धर्तीको पुरानो युगको अन्त्य र एन्थ्रोपोसिन युगको सुरुवातको सबैभन्दा राम्रो प्रमाण हो । विश्वभरीका भू–वैज्ञानिकहरू अहिले हाम्रो समयको युगको अथवा एन्थ्रोपोसिनको सुरुवातको सबैभन्दा राम्रो निशान भएको ठाउँ खोजी रहेका छन् ।

बेलायतको नाटिघमस्थित जियोलोजिकल सर्भेको कालिन वाटर्स, भू वैज्ञानिकको त्यो टिमको हो । जसलाई एन्थ्रोपोसिन युगको सुरुवातको साक्षी बनाउन सकियोस् भनेर यो टिम विश्वका अलग अलग ठाउँमा विकल्प खोजी रहेका छन् ।

अहिले धर्तीमा हरेक बित्ने पलले केही न केही निशान छोड्छ । तर, यस्तो निशान २५ करोड वर्ष पहिला बनेको चीनको त्यो चट्टान हो, जुन केवल ७० वर्षमा पुरानो एन्थ्रोपोसिन युगमा बन्न असम्भव छ ।

प्राकृतिक प्रक्रियाको आफ्नो गति हुन्छ । चट्टान, ज्वालामुखी अथवा पहाड बन्न हजारौँ वर्ष बित्छ । यस्तोमा केवल ७० वर्ष पहिला सुरु भएको युगले यस्तो कुन निशान छोडेको होला, जुन करोडौँ वर्षपछि पनि धर्तीमा हुने छ ।

भू–वैज्ञानिक के मान्छन् भने हाम्रो युगको सुरुवात भएपछि अहिलेसम्म रासायनिक अथवा जैविक निशान त अवश्य बनेका होलान् । चट्टान अहिले नै नबनेको होला तर एन्थ्रोपोसिनले केही निशाना अवश्य बनायो होला ।

अब यो कुरामा दुविधा छ । केही वैज्ञानिक के भन्छन् भने पचासको दशकमा केही एटम बम विस्फोट भए । यसबाट उत्पन्न भएको विकिरण नै एन्थ्रोपोसिन युगको सुरुवातको प्रमाण हो ।

प्लास्टिकको फोहोर पनि हाम्रो समयको पहिचान हुन सक्छ भन्ने केहीको भनाइ छ । भू–वैज्ञानिकलाई यस्तो ठाउँको खोजी छ, जहाँ एन्थ्रोपोसिन युगको सुरुवातबाट नै यो रेकर्ड होस् ।

यो ठाउँ कुनै फोहोरको पहाड पनि हुन सक्छ, जस्तो न्युर्योकको फ्रेस किल्स खाल्डो । यहाँ फोहोर फाल्न १९४८ बाट सुरु भएको हो । एक समयमा फ्रेसकिल ल्यान्डफिल साइटमा हरेक दिन २६ हजार टन फोहोर हालिन्थ्यो । यो विश्वको सबैभन्दा ठूलो फोहोर फाल्ने ठाउँ हो ।

समस्या के छ भने फोहोरका ठाउँमा एक नयाँ परत बनोस् भनेर यस्ता ठाउँमा यस्ता हरेक वर्ष मसिन चलाइन्छन् र त्यसलाई गलाइन्छ । यो करिब करिब असम्भव छ । कुनै पनि यस्तो ठाउँ होस् जहाँ मानिसले बनाएको फोहोर जम्मा हुन्छ र एन्थ्रोपोसिन युगको सुरुवातको ठाउँ छान्न सकिँदैन ।

मानिसका गतिविधिहरू प्रमाणको रूपमा जम्मा भइरहेको त्यस्तो ठाउँ पनि जहाँ त्यहाँ पनि युग बदल्ने निशान भन्ने केही चिन्ह अथवा गोल्डेन स्पाइक लगाउन सकिन्छ । समस्या यो छ कि तत्काल यस्तो ठाउँपनि वैज्ञानिकहरूले भेटेका छैनन ।

अब नदीका मुहान जहाँ समुन्द्रमा मिल्छन्, तिनलाई एन्थ्रोपोसिन युगको सुरुवातको प्रमाणका रूपमा नापिँदै छ । स्कटल्यान्डको क्लाइड एस्चुरी यो दौडमा सबैभन्दा अगाडि छ । यहाँ नदीको बहावले ल्याएको फोहोर छुन सकिएको छैन । वर्षै पिच्छे फोहोरको नयाँ परत जम्मा हँुदै यस्तो हुन सक्छ । यसमा दुःख के छ भने यो परत यति पातलो हुने छ, यहाँ कति वर्ष बित्छ अनुमान लगाउन गाह्रो हुन्छ ।

झर्ना र समुन्द्रभित्र फोहोर र सिल्टको परत बन्छ, क्यानडाका काफर्ड झर्नाको गहिराइमा हरेक वर्ष जम्मा भइरहेको औद्योगिक फोहोरको निशान जस्तै । कालिन वाटर्सको बुझाइ के छ भने यो ठाउँ पनि हाम्रो युगको सुरुवातको सङ्केत दिने चिन्ह लगाउन लायक हुनसक्छ । यसमा के समस्या छ भने पानीमा गएर यस परको खोजबिन हुन सक्दैन । यद्यपि यहाँबाट मोटो ल्याएर त्यसको अनुसन्धान गर्नसकिन्छ । यो काम सजिलो छैन । कमलो माटो निकाल्दा आफ्नो रूप रङ बदलिन सक्छ । फलतः  यो  पूरा अनुसन्धनमा मिसावट हुन सक्छ ।

एक अर्को विकल्प छ जुन भू–वैज्ञानिकहरूको नजरमा छ । त्यो हो पेरिसको हरमको मुनि बनेको नाली । यी नालीहरूमा चुना जस्तो वस्तुु पछिल्लो तीन सय वर्षबाट जम्मा भइरहेको छ । यसको परतबाट पेरिस सहरको निशान मिल्न सक्छ । सहरीको विकास अथवा रासायनिक प्रमाण हो । यदि भू–वैज्ञानिक यस कुरामा सहमत भए यो रासायनिक परत, हाम्रो एन्थ्रोपोसिन युगको सुरुवातको प्रमाण बन्न सक्छ, पेरिसको नाली यसका लागि सटिक ठाउँ हुनेछ ।

कालिन वाटर्स भन्छन् यो क्यारिबियन समुन्द्रबाट निकालिने मुगाभित्र हाम्रो समयको निशानी रहिरहेको छ । मुगा हरेक वर्ष एक नयाँ परत जम्मा हुन्छ, यसमा एटोमिक विस्फोटदेखि हावामा भएको कार्बन डाई अक्साइडसम्मको निशान हुन्छ ।

यी विकल्पमा गाह्रो के छ भने अहिलेसम्म भू–वैज्ञानिकले कुनै पनि युगको सङ्केत दिनेवाला सुनौलो चिन्ह यस्तो ठाउँमा लगाउन सकिँदैन । अब एन्थ्रोपोसिन युगको सङ्केत दिने चिन्ह लगाउनभन्दा पहिला यसमा भोटिङ गर्नुपर्छ ।

कहाँको धरतीको युग भन्ने चिन्ह लाग्ने छ भन्न गाह्रो काम हो ।

वेल्स विश्वविद्यालयको माइक वाकर भन्छन्– पहिले सबै विकल्प छान्नका लागि भू–वैज्ञानिक भोट गर्छन् । किनकि कुनै युगको सिमाना तय हुन सकोस् । फेरि त्यो ठाउँको  भ्रमण धेरै वैज्ञानिक गर्छन् ।
युगभन्दा ठूलो महायुग हुन्छ । हुनसक्छ, अगाडि गएर हाम्रो एन्थ्रोपोसिन युग कुनै अन्य महायुगको हिस्सा भन्नोस् अथवा यही महायुग बनोस् ।

कुनै ठाउँलाई लिएर भोटिङपछि यसको परिणाम स्टै«टिग्राफीको अन्तर्राष्ट्रिय आयोगमा पठाइन्छ । यसमा फेरि मतदान हुन्छ, किनकि सुनौलो चिन्ह लगाउने फैसलालाई नयाँ तरिकाले सुरु गर्न सकियोस् ।

यसका लागि कालिन वाटर्स, माइक वाकर तरिका सिकिरहेका छन् । वाकरले होलिसिन युगको निशाना बताउने चिन्ह लगाउने ठाउँ निश्चित गरेका थिए । ठीक त्यही तरिका कालिन वाटर्स अपनाउन चाहन्छन् ।

होलोसिन युग, एन्थ्रोपोसिन युगभन्दा पहिला चलिरहेको थियो । माइक वाकरले के तर्क दिएका थिए भने यसको निशानी देखाउने गोल्डेन स्पाइक, ग्रिनल्यान्डको गहिराइबाट निकालेको हिउँमा लगाउनुपर्छ ।

हिउँको यस टुक्रालाई, अहिले डेनमार्कको राजधानी कोपनहेगनमा राखिएको छ । वाकर भन्छन्, यसका विरोधीहरूले भनेका थिए, तपाईं त होलोसिन युगको पहिचान भन्ने स्पाइकको फ्रिजमा लगाइरहेका छौँ ।  

कालिन वाटर्सका अनुसार हामी एन्थ्रोपोसिन युग देखाउने चिन्हलाई हिउँमा टाँग्न सक्छौँ । यो हिउँ पूर्वी अन्र्टाकटिकाबाट निकाल्न सकिन्छ । अन्टार्कटिकाको यो हिउँमा मानिस पुगेपछि भएको असरको बारेमा भन्छ ।

यदि सबैभन्दा ठूलो चुनौती हो । भूवैज्ञानिकहरूको एन्थ्रोपोसिन युग सुरु भइसकेको कुरामा सहमत भइसकेका छन् । कैयाँै यस्ता भू–वैज्ञानिक छन्, जो धर्तीमा होलोसिन युग सकियो र एन्थ्रोपोसिन युग सुरु भयो भन्ने मान्दैनन् ।

बीसौँ शताब्दीमा हामीसँग मानिसका गतिविधिहरू धेरै छन् र रासायनिक प्रमाणहरू छन् । सबैभन्दा ठूलो प्रमाण त एटम विस्फोटबाट निस्केको विकिरण हो । जसमा प्लाटोनियम हुन्छ ।

जुन ठाउँलाई पनि धर्तीको नयाँ युगको सुरुवातको ठाउँका रूपमा छान्न सकिन्छ, त्यो स्थानीय मानिसहरूका लागि गर्वको कुरा हुनेछ । यस्तो ठाउँ चीनको मिसान हो । त्यहाँ कासाका ठूला ठूला बोर्ड लगाएर यो ठाउँमा प्रलयको प्रमाण पाइन्छ भनेर लेखिएको छ । त्यहाँ थ्रीडी फिल्मको माध्यले पनि त्यसको गुण भनिन्छ । एक म्युजियम पनि मिसानमा खोलेको छ ।

यसलाई हेर्ने हो भने के लाग्छ भने एन्थ्रोपोसिनलाई दर्शाउने प्रमाण देखाउने देशको दौडधूप धेरै कडा र तीव्र छ ।

प्रतिक्रिया दिनुहोस