रौतहट बम काण्डका घाइते भेट्न अस्पताल पुगे प्रचण्ड

मंगलबार, ०५ मंसिर २०७४, १९ : ४८
रौतहट बम काण्डका घाइते भेट्न अस्पताल पुगे प्रचण्ड

चितवन । रौतहटको बम काण्डमा घाइते भएका दुई जनालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन मेडिकल कलेज पुगेका छन् ।

बुधबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

मंसीर २ गते अज्ञात समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं १४ र १५ मा उपचार भइरहेको छ।

प्रचण्ड अस्पताल पुगेर उनीहरुको स्वास्थ अवस्थाबारे जानकारी लिनका साथै शीर्घ स्वास्थ्य लाभको काम  पनि गरेका थिए । उनले डाक्टरहरुलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस