एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ । शीर्ष स्थानको युभेन्टसले बोलोग्नालाई २–० ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा इन्जुरी समयको केही मिनेट युभेन्टस १० खेलाडीमा सीमित भएको थियो । युभेन्टसले दुवै गोल पहिलो हाफमा गरेको हो । उसका लागि २३ औँ मिनेटमा पाएको पेनाल्टीमा क्रिष्टियानो रोनाल्डोले गोल गरेर सुरुवाति अग्रता दिलाए । ३६ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेर टिमको अग्रता दोब्बर पारे ।
डानिलो इन्जुरी समयको पहिलो मिनेट अर्थात ९१ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जितपछि युभेन्टसको २७ खेलबाट ६६ अंक भएको छ । सोमबार राति नै भएका अरु खेलमा एसी मिलानले लिचेलाई ४–१ पराजित गर्दा फियोरेन्टिना र ब्रेसियाले १–१ को बराबरी खेलेर अंक बाँडेका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ असार २०७७, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युभेन्टसलाई इटालियन कपको उपाधि