चितवनमा थप ५ जनामा कोरोना संक्रमण

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०७७, ०९ : २४
चितवनमा थप ५ जनामा कोरोना संक्रमण

चितवन । चितवनमा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ । प्रयोगशालाका अनुसार संक्रमण हुनेहरुमा माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना रहेका छन् ।

भरतपुरस्थित प्रयोगशालामा गरिएको कूल २७० नमुना परीक्षणमा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५, ६ र ८ का एक–एक जना संक्रमित फेला परेका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् ।

यसैगरी भरतपुर महानगरपालिकाको वडा नं. २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा अहिलेसम्म  ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस