७ वर्षपछि राज्य व्यवस्थाबाट नागरिकता विधेयक पास , कांग्रेस, सजपा र नेमकिपाको असन्तुष्टि

सफल खबर संवाददाता

आइतबार, ०७ असार २०७७, १८ : ०९
७ वर्षपछि राज्य व्यवस्थाबाट नागरिकता विधेयक पास , कांग्रेस, सजपा र नेमकिपाको असन्तुष्टि

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक बहुमतले पास गरेको छ ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने सत्तापक्षको प्रस्तावमा प्रमुख प्रतिपक्ष कांग्रेसले नोट अफ डिसेन्ट पेस गरेको थियो । 

सत्तापक्षले बहुमतमा पारित गरेपछि विपक्षी कांग्रेस, सजपा र नेमकिपाले बिमति राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस