रौतहटमा नेकपा कार्यकर्ता बिजय साहमाथि संघातिक आक्रमण

सफल खबर संवाददाता

शनिबार, ०६ असार २०७७, १८ : २१
रौतहटमा नेकपा कार्यकर्ता बिजय साहमाथि संघातिक आक्रमण

रौतहट । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) का रौतहट जिल्ला कार्यसमिति सदस्य बिजय साहमाथि गएराति संघातिक आक्रमण भएको छ । 

गरुडा नगरपालिका लक्षमीपुर घर भएका साह माथि गएराति ९ बजेतिर महमदपुर–लक्षमीपुर टोलस्थित बाटोमा संघातिक आक्रमण भएको हो ।

महमदपुरका पूर्व गाविस अध्यक्ष रामप्रसाद यादवको घरबाट जिपमा फर्किने क्रममा एक समूहले बिजयलाई जिपबाट बाहिर ल्याई आक्रमण गरेको नेकपा गरुडा नगरकमिटी सचिव रामबाबुु चौधरीले बताए । 

साहको अहिले तराई अस्पताल वीरगन्जमा उपचार भइरहेको  छ । राजनितिक पूर्वाग्रहकोे कारण महमदपुर गाँउकै केही मानिसले विजय साहमाथि आक्रमण गरेको सचिव चौधरीले आरोप लगाएका छन् । 

रौतहट प्रहरी प्रमुख एसपी रबीराज खड्काले घटनाबारे हालसम्म कसैले मौखिक अथवा लिखित उजुरी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस