एजेन्सी । फुटबलका स्टार नेइमारले आफ्नो पूर्व क्लब बार्सिलोनालाई ६७ लाख युरो तिर्नु पर्ने भएको छ । स्पेनको अदालतले फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) मा आवद्ध नेइमारले ला लिगा क्लब बार्सिलोनालाई ६७ लाख युरो तिर्नु पर्ने फैसला गरेको हो। नेइमार सन् २०१७ को अगस्टमा बार्सिलोनाबाट पिएसजी गएका हुन् ।
नेइमार आफुखुसी सम्झौता ताड्दै पिएजी गएका थिए । नेइमार पिएसजी गए लगत्तै बार्सिलोनाले मुद्दा दायर गरेको थियो । तर नेइमारले फैसलाविरुद्ध अपिल गर्न पाउने छन्। नेइमारले पिफामा पनि अपिल गरेका थिए । तर यो मुद्दा अदालतले नै हेर्ने भन्दै फिफाले कुनै कारवाही गरेन।
बार्सिलोनाले सन् २०१६ मा क्लबसँग नयाँ सम्झौता गर्दा नेइमारले लिएको ८० लाख पाउण्ड फिर्ता पाउनु पर्ने माग गरी मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ असार २०७७, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेइमार अर्को सिजनको सुरुवातमा खेल्न नसक्ने !