काठमाडौं । चीनले रसुवागढी नाकाबाट हुने आयातलाई सुचारु गर्ने विषयमा सहमति दिएको छ । अर्थ मन्त्रालयका सहसचिव नवराज ढकालले नाका खोल्ने विषयमा चिनियाँ पक्षबाट सहमति प्राप्त भएको बताए ।
केरुङ नाका खुल्ने भएपछि अहिले व्यापारीहरु उत्साहित भएका छन् । उनीहरु नाका सुचारु भएलगत्तै सीमापारी रोकिएका सामान ल्याउने तयारीमा जुटेका छन् ।
अहिले सो नाकाबाट नेपाल भित्रिन तयारी अवस्थामा करिब १ हजार कन्टेनर रहेको राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नरेश कुटवालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ असार २०७७, १९ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनबाट ६५ अर्बको सामान आयात