चितवन । कालिका नगरपालिकाले आफ्नै भवन निर्माण गर्न शुरुआत गरेको छ । ११ वटा वडा कार्यालयको व्यवस्थापनपछि नगरपालिका भवन बनाउन जुटेको हो ।
नगर प्रमुख खुमनारायण श्रेष्ठले पाँच तले आधुनिक भवन निर्माण शुरुआत भएको जानकारी दिनुभयो । हाल नगरपालिका कार्यालय भाडाको घरमा सञ्चालनमा रहेको छ ।
नगरपालिकाका इञ्जिनीयर राजेश कोइरालाका अनुसार सो भवन २३ हजार ८०० वर्ग फिटको रहेको छ । अपाङ्ग मैत्री, अग्नि नियन्त्रणको व्यवस्था, दुईतर्फ भ¥याङसँगै लिफ्टको व्यवस्था हुनेछ । कोइरालाले दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी रवीना कन्स्ट्रक्सनलाई रु ११ करोड ६१ लाख चार हजार ३३ मा ठेक्का दिइएको जानकारी दिनुभयो । हाल भुइँको काम थालिएको छ ।
नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिकाको वडा नं २, ३, ५, ७, ९ र ११ का कार्यालय ठेक्का सम्झौता भई काम भइरहेको छ । ती वडा कार्यालयका भवन तीन तलासम्म निर्माण गर्न सक्ने गरी निर्माण गरिएको छ । ती भवन रु ७५ लाखदेखि रु एक करोडसम्म खर्च गरी निर्माण थालिएको हो ।
त्यसैगरी वडा नं ८ र १० को कार्यालय भवनको बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढ्ने प्रक्रियामा रहेको छ । वडा नं १ को गत वर्ष भवन बनेको हो भने वडा नं ४ र ६ को हाल भएका भवन राम्रा भएकाले बनाउनुपर्ने अवस्था नरहेको नगरपालिकाले जनाएको छ ।
हाल वडा कार्यालयहरु भाडामा नरहेको र पुरानो भएकाको नयाँ निर्माण थालिएको जनाइएको छ ।
‘पे नाउ गो लेटर’
लकडाउनका कारण निकै प्रभावित बनेको होटल व्यवसायलाई माथि उठाउन आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘पे नाउ गो लेटर’ नाम दिएर नयाँ योजना सार्वजनिक गरिएको छ । अहिले होटल बुकिङ गर्नेले ५० प्रतिशत बोनस पाउने छन् ।
यस योजनाका संस्थापक होटल व्यवसायी सुमन घिमिरेका अनुसार जततउकस्ररउबथलयधनयबितभच।अयm वेबसाइटमा गएर होटल दर्ता गर्न र ग्राहकले बुकिङ गर्न सक्ने छन् । हालसम्म १९ वटा होटल दर्ता भइसकेका छन् । चितवन, पोखरा, काठमाडौँ र भैरहवाका होटल दर्ता भएको उहाँले जानकारी दिनुभयो ।
दर्ता हुन चाहने होटलले सोही वेबसाइटमा गएर फाराम भरी होटलका बारेमा फोटोसहितको जानकारी दिनुपर्ने हुन्छ । दर्ता भएका होटल छानेर ग्राहकले प्रत्यक्ष सम्पर्क गरी रकमको मोलमोलाई गरेर बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ । अहिले बुकिङ भए पनि दुई महिनापछि मात्र ग्राहकले यो सुविधा पाउने छन् । हाल बुकिङ गरेर सन् २०२१ को अन्त्यसम्म होटल प्रयोग गर्न सकीने छ ।
बोनस रकमले होटलका कोठा र खानामात्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । तर बुकिङ गरेको रकमबराबरको सेवा पटक पटक गरी लिन सकिने जनाइएको छ ।
क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्षसमेत रहनुभएका जङ्गल सफारी लज सौराहाका सञ्चालक युवा व्यवसायी घिमिरेले सो अभियानको थालनी गर्नुभएको हो । उहाँका अनुसार अहिले अन्य क्षेत्र खुलिरहँदा होटल व्यवसाय ठप्प छ । अहिले पनि आम्दानी भइरहेका व्यक्तिले आम्दानीविहीन अवस्थामा रहेका होटललाई सहयोग गरी आफूले बोनस पाउन सक्ने गरी आन्तरिक पर्यटकका लागि यो योजना ल्याइएको उहाँको भनाइ छ ।
लकडाउनसँगै देशभरिका होटल बन्द छन् । केही समयसम्म बाह्य पर्यटक आउने सम्भावना छैन । आन्तरिक पर्यटकलाई आकर्षण गर्न व्यवसायी लागिपरेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३२ जेठ २०७७, १८ : ०२
लेखकबाट थप