प्रथम मेयरकप क्रिकेटको उपाधी फेमस क्लवलाई

शनिबार, १२ फागुन २०७४, १० : ४२
प्रथम मेयरकप क्रिकेटको उपाधी फेमस क्लवलाई

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप नकआउट टि टवान्टी क्रिकेट प्रतियोगिताको उपाधी फेमस क्लव जगदीशपुरले हात पारेको छ ।
 तौलिहवाको बुद्धपद्धम माबिको खेल मैदानमा फागुन ८ गते देखी सुरु भएको खेलको शुक्रबार अन्तिम फाईनल खेलमा स्टार क्लवलाई ६३ रनमा सीमति पार्दै फेमस क्लव जगदीशपुरले उपाधि हात पार्न सफल भएको हो । उसले ५२ रनले खेल जितेको हो । जितसंगै सो क्लवले नगद रु. २५ हजार प्राप्त गरेको छ ।
पहिला ब्याटिङ गरेको जगदशीपुरले निर्धारित २० ओभरको खेलमा ९ बिकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको स्टार क्लव ११ ओभरमा सबै बिकेट गुमाएको थियो । फेमसको तर्फबाट रबिन क्षेत्रीले ३९ र केशव गिरीले २१ रन जोडेका थिए । स्टारका बिशालले ५ र हबीबुल्लाहले २ बिकेट लिए । स्टारका बिशाल मौर्याले १८ रन बनाउनुभयो । फेमसका रबनिले ४ र बिशालले ३ विकेट लिए ।
उप बिजेता स्टारले रु.२० हजार नगद पाएको छ । शुक्रबार भएको फाइृनल खेलको म्यान अफ द म्याच फेमसका रबिन क्षेत्री भए । यस्तै प्रतियोगीतामा कुल १ सय २७ रन र ४ विकेट लिएका स्टारका शंकर राना मेन अफ द सिरिज घोषित भए ।
बिजयी टोलीलाई कप, नगद, मेडल, प्रमाण पत्र पुर्व मन्त्री दिप कुमार उपाध्यायले प्रदान गर्नुभएको थियो । यस्तै उप बिजेतालाई कपिलवस्तु नगर प्रमुख किरण सिंहले पुरस्कार दिएका थिए । अन्य खेलका म्यान अफ द म्याचलाई समेत पुरस्कृत गरिएको थियो । प्रदेश नम्बर ५ की सदस्य रिना नेपालले समेत खेलाडीहरुलाई प्रमाण पत्र र प्रशंसा पत्र प्रदान गरेका थिए ।  फागनु ८ देखि सुरु भएको प्रतियोगीतमा ८ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस