सीमा सुरक्षामा सरकारको नीति: अब भारततर्फ बराबरकै बीओपी

पत्रपत्रिकाबाट

आइतबार, ०४ जेठ २०७७, ०७ : २९
सीमा सुरक्षामा सरकारको नीति: अब भारततर्फ बराबरकै बीओपी

फाईल फोटो

काठमाडौं । सरकारले सीमा नाका सुरक्षाका लागि स्थापना गरिएका सशस्त्र प्रहरीका स्थायी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)को संख्या भारतबराबरकै रहने गरी चार गुणाले बढाउने भएको छ ।

हाल सीमा नाकामा १ सय २० स्थायी बीओपी रहेकामा सो संख्या बढाएर ५ सय पु¥याउने गरी गृह मन्त्रालयले तयारी थालेको हो । त्यसका लागि गृहमन्त्री रामबहादुर थापाले सशस्त्र प्रहरीलाई खाका बनाउन निर्देशनसमेत दिइसकेका छन् ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले भारत र चीन दुवैतर्फ स्थायी बीओपीको संख्या बढाउने गरी तयारी गरिएको र सोहीअनुसारको खाका तयार भइरहेको जानकारी दिए ।

‘बीओपीलाई २ सय २१ बनाउने निर्णय पहिले नै भइसकेको हो । त्यसलाई पनि बढाउने गरी हामीले खाका तयार गरिरहेका छौं,’ सशस्त्र प्रहरीका महानिरीक्षक खनालले राजधानीसँग भने, ‘संख्या यति नै भन्ने टुंगो भएको छैन । ठूलो संख्यामा बढ्ने गरी तयारी भइरहेको छ ।’ राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस