स्टिलको ‘लोटा’ मात्र  बोकेर भारतको राजस्थानबाट बिरगन्ज छिरेका आर एम सी ग्रूपका संचालक राजेश अग्रवाल कसरी बने अरबौ रुपियाँका मालिक ?

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०७७, १३ : ३८
स्टिलको ‘लोटा’ मात्र  बोकेर भारतको राजस्थानबाट बिरगन्ज छिरेका आर एम सी ग्रूपका संचालक राजेश अग्रवाल कसरी बने अरबौ रुपियाँका मालिक ?

काठमान्डौ । भारतको राजस्थानमा खान लाउनै धौ धौ परेपछी पानी पिउने लोटा बोकेर बिरगन्ज छिरेका कालोबजारी राजेशकुमार अग्रवालका बुवा बैंक ठगीको आरोप लाग्दै आएका श्रवणकुमार अग्रवालले करिब ६० वर्ष अगाडी परिवारसंगै विरगंज आएका थिए । बिरगन्जमा उनले चिनजानका आफन्तको  घरमा ५ महिना आश्रय लिए । तर ५ महिना बसेको नबित्दै जुन घरमा बसे, त्यही घरमा ठाकठुक गरेपछि अन्त भाडा लिएर बसे । त्यसको केही समय पछि हातमुख जोर्न धौ धौ परेपछि उनी विरगंजमा ठेलामा व्यापार शुरु गरेका आफन्त बताउछन् । सोही क्रममा श्रवणको एक भारतिय मुलकी महिलासंग बिवाह भयो अनि दुइ छोरा राजेस कुमार अग्रवाल र बिष्णु कुमार अग्रवालको जन्म भयो । चतुर र रकमी स्वभावका श्रवणको ठेला धन्दा चल्दै जॉदा बिरगन्जका अन्य ब्यापारी संग जिनजान भयो । त्यतिबेला सम्म उनका छोराहरु राजेस र बिष्णुपनि लक्का जवान भैसकेका थिए ।

श्रवणले बिरगन्जको घण्टाघर नजिकै साझेदारीमा हार्डवेयर पसल संचालन गरे छोरा राजेसको नामबाट राजेस हार्डवयर । केही बर्ष साझेदारीमा हार्डवेयर संचालन गरेपछी केही कमाउनुका साथै अनुभव पनि बटुले । त्यसपछि त्यही व्यापारका साझेदारलाई श्रवणले गलहत्याएर हार्डवेयर एकलौटी रुपमा संचालन गरे ।
हार्डवेयरको व्यापारबाट केही कमाई गरेपछि उनका जेठा छोराले राजेस मेटल क्राफ्टको नाममा बिरगन्जमै फलामको उद्योग शुरु गरे । यो उद्योगले  फलामको काम गर्थ्यो, उद्योगमा फलामलाइ ग्याल्वनाइजिड्ग ९पगाल्ने० गर्ने काम दाजु राजेश, बुवा श्रवणले सेटीड्ग मिलाउने र भाइ बिष्णुले कारखाना हेर्ने गर्दथे । श्रोतको भनाईलाइ आधार मान्ने हो भने त्यो उद्योगको काम दुइ नम्बरी सामान र केमिकल ल्याउने अनि कालोबजारी गरेर बेच्ने थियो । त्यति खेरपनि थुप्रै पटक उनको उद्योगमा छापा मार्ने अबैध सामान बरामद हुने गरेको र लेनदेनमा कुरा मिलाएर चल्ने गरेको जानकारहरु बताँउछन् ।

कसरी शुरू भयो त यो समुहको लुटको धन्दा ?
रित्तो हात नेपाल छिरेर अर्काको घरमा आश्रय लिदैं ठेलागाडनमा खुद्रा ब्यापार, हार्डवेयर, मेटल क्राफ्ट  हुदै  हाल आर एम सी ग्रूप खडा गरेर १० भन्दा बढी उध्योग  ब्यापार, कारोबार बैंक तथा बित्यिय संस्थामा लगानी र जग्गा जमिनगरी ३० अर्ब बढीको मालिक बनेका छन् । हो, मारवाडी समुदायका मानिसहरू अरूभन्दा बढी मेहनेती हुन्छन् तर यो आश्चर्य चकीत सम्पती कसरी आर्जन गरे रु यो प्रश्न आम उध्योगी ब्यापारीले जिब्रो टोकेर गर्ने गरेका छन् ।

आर एम सी जस्ता पाता, आर एम सी पाइप तथा फिटिड्ग र आर एम सी सिमेन्ट हालै संचालनमा आएको पाल्पामा यसको कारखाना छ । तानसेन नाम दिएर बजारमा आएको यो  सिमेन्ट उद्योगको अर्को साझेदारीमा रहेका छन्, हालै थर्मन गन कालोबजारीमा समातिएर प्रहरी हिरासमा रहेका सुलभ अग्रवाल । यससंगै आरएमसी गु्रपले  छुट्टै र आफ्नैपनि विश्व बजारमा भएका सामानहरुको आयात र कार्टेलिंग गरि मासिक करोडौं रुपैंयाको राजश्व छलेर कुम्ल्याउने गरेका छन् ।

को हुन राजेश  कुमार अग्रवाल ?
राजेश कुमार अग्रवाल मारबाडी सेवा समाजका अध्यक्ष तथा एच एम बी बैक डुबाउने पूर्ब संबिधानसभा सदस्य श्रवणकुमार अग्रवालका छोरा । नेपाल उघ्योग परिसंघका उपाध्यक्ष एवं आर एम सी राजेस ग्रूपका अरबपति  मालिक । आर एम सी जस्ता ,आर एम सी सिमेन्ट ९हालबजारमा तेत्ती चर्चा नभएको० आर एम सी स्टिल र बिवादित र गुणस्तरहिण्न सिमेन्ट उद्योगका मालिक । अग्रवाल उघोग परिसंको उपाध्यक्षको आडमा समिती मार्फत सरकारका उच्च पदस्थहरूसंग सिँहदरबरमा सम्बन्ध बढाउने र सो मार्फत उच्च राजनितिक नेतृत्व संग उठबस गर्दै  सो को प्रभाबमा राजस्व ठगी देखी गैरकानुनी तवरले हर्कत गरी करोडौं रुपैंया कुम्ल्याईरहने उनको मुख्य काम हो ।

झट्ट हेर्दा खरो र भलादमी स्वभाव प्रदर्शन गर्ने उनको मुख्य बिशेषता हो भने भित्री रूपमा दलाली र चाकडी गर्ने उनको असल चरित्र रहेको श्रोतको दाबी छ । खल्ती रित्तो भई नेपाल आएका यिनको ३० अर्ब भन्दा माथीको सम्पत्ती सबै लुटकै कर्मद्धारा प्राप्त गरेको कतिपयको भनाई छ । यो स्वभाबिक र नियमित रूपमा प्राप्त हुनै सक्दैन, यो त केबल कालोबजारी, राजस्वछली र कार्टेलिंङ गरी लुटको राज मच्चायका हुन अग्रवालले । छोटो समयमै यतिको सम्पत्ती बटुलेका अग्रवालको सम्पती छानविन हुने पर्ने पनि माग उठ्न थालेको छ । अन्यथा, केही बर्ष अगाडी बर्मामा भएको घटना अग्रवाल परिवारमा नदोहोरियला भन्न सकिदैन ।

प्रतिक्रिया दिनुहोस