कोरोनाको सन्त्राससंगै सनसिटीमा बस्ने अभिनेत्री बेनिशा हमालको यस्तो छ बयान

पत्रपत्रिकाबाट

विहीबार, ०४ बैशाख २०७७, ०८ : १०
कोरोनाको सन्त्राससंगै सनसिटीमा बस्ने अभिनेत्री बेनिशा हमालको यस्तो छ बयान

फाईल फोटो

काठमाडौँ । अभिनेत्री बेनिशा हमाल सनसिटी अपार्टमेन्टको ब्लक जे मा बस्छिन् । अपार्टमेन्टमा कोरोना संक्रमित भेटिएको खबर सार्वजनिक हुँदा उनी कोठामा फिल्म हेर्दै थिइन् । 

उनले भनिन् – खबर सुनेपछि सुरुमा त म बेस्सी आत्तिएँ । त्यसपछि बाहिर निस्केर हेरेँ । तल ग्राउण्डमा पुलिसका भ्यान थिए । के गरौं, के गरौं भएको थियो । नसोचेको घटना भएपछि मानसिक अवस्था नै ठीक थिएन । आत्रक जस्तै थियो । विस्तारै यस्तो अवस्थामा आत्तिएर बस्नुभन्दा संयमित भएर बस्न सोचेँ ।’ कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस