विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

सोमबार, ०७ फागुन २०७४, ०७ : २१
विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । जिम्बाबेमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेट छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । आगामी मार्चमा हुने विश्वकप छनोटको लागि आइतबार कप्तान पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिसद (आइसीसी) का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षण जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले ४ वैकल्पिकसहित १९ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । विश्वकप छनोटको लागि नेपाली टोलीमा नामिबियामा सम्पन्न डिभिजन टु खेलेकै खेलाडीहरुले स्थान बनाएका छन् ।

विश्वकप छनोट खेल्ने नेपाली टोलीमा एक नयाँ अनुहार आएका छन् । स्पिनर ललित नारायण राजवंशीले पहिलोपटक नेपाली टोलीमा स्थान बनाएका छन् । डिभिजन टु मा वैकल्पिक खेलाडीको रुपमा रहेका ललित विश्वकप छनोटको लागि भने १५ सदस्यीय टोलीमा परेका हुन् । यस्तै विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी बैकल्पिक खेलाडीमा परेका छन् । विनोद डिभिजन टु को लागि वैकल्पिक खेलाडीको रुपमा समेत थिएनन् ।


मार्च १ देखि १५ सम्म चल्ने विश्वकप छनोटमा नेपाल समूह बि मा रहेको छ । डिभिजन टु को उपविजेता बनेको नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान,  स्कटल्याण्ड र हङकङ रहेका छन् ।

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै परतियोगिताको सुरुवात गर्ने छ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्ने छ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र  हङकङसँग मार्च १२ मा खेल्नेछ ।

प्रतियोगिताअघि नेपालले दुई अभ्यास खेल खेल्नेछ । नेपालले  फेब्रुअरी २७ मा युएई तथा मार्च १ मा हङकङसँग अभ्यास खेल खेल्नेछ।

विश्वकप छनोटको समूह ए मा वेष्ट इण्डिज, डिभिजन टु को विजेता युएई, आयरल्याण्ड, नेदरल्याण्ड र पपुवा न्युगिनी रहेको छ । छनोटको शिर्ष दुई टोलीले सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउने छन्  । यस्तै शिर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्दा पुछारको दुई टोली डिभिजन टु मै झर्नेछ ।

विश्वकप छनोट खेल्ने नेपाली टोली :

 पारस खड्का (कप्तान)

ज्ञानेन्द्र मल्ल

 शक्ति गौचन

 बसन्त रेग्मी

शरद भेषावकर

सोमपाल कामी

 करण केसी

आरिफ शेख

सन्दीप लामिछाने

 दीपेन्द्रसिंह ऐरी

 दिलीप नाथ

ललित भण्डारी

अनिलकुमार साह

 रोहितकुमार पौडेल

ललितनारायण राजवंशी

वैकल्पिक :

सुनिल धमला

किशोर महतो

सिधान्त लोहनी

बिनोद भण्डारी

प्रतिक्रिया दिनुहोस