एजेन्सी । युरोपियन फुटबल महासंघ (युईएफए) ले यस सिजनको च्याम्पियन्स लिग र युरोपा लिग फुटबल अनिश्चित कालका लागि स्थगित गरेको छ ।
युईएफएमा आवद्ध ५५ देशका प्रतिनिधिबीच बुधबार भएको भिडियो कन्फ्रेस बैठकले उक्त निर्णय गरेको हो । युइएफएले अर्को सिजनको क्यालेन्डर सार्ने र जुनसम्मको सबै खाले अन्तर्राष्ट्रिय फुटबल स्थगित गर्ने निर्णय पनि गरेको छ । यसअघि युरो कपको प्ले अफ खेल जुनमा हुने तालिका थियो ।
यस निर्णयले मे मा हुने वुमन्स च्याम्पियनन्स लिगको फाइनल खेलपनि अनिश्चित कालको लागि सरेको छ । बैठकले युरोपका अन्य लिग रद्ध गर्ने या सुचारु गर्ने भन्ने विषयमा कुनै पनि निर्णय गर्न सकेको छैन । यसअघि प्रिमियर लिग अप्रिल ३० सम्म स्थगित गरिएको थियो ।
अन्य लिगहरु पनि स्थगित भएका छन् । कोरोनाको संक्रमणले बीचमा रोकिएको जारी सिजनको लिग फुटबल अन्त्य हुन नसके के गर्ने भन्ने अन्योलता बढेको छ । लिग सक्नकै लागि यसअघि युरोकप एकबर्ष पछि सारिएको थियो । युईएफएले यदि जुन महिनासम्म रोकिएको लिग सुरु गर्न नसके सिजन त्यतिकै अन्त्य हुने बताउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिग : पिएसजीसँग पराजित सिटीका लागि कठिन बन्दै दोस्रो चरण यात्रा
सिटी र रियल च्याम्पियन्स लिगको अन्तिम ८ मा