काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि एमाले र माओवादी केन्द्रको एकता संयोजन समिति बैठक आइतबार बस्ने भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदवारमा बस्न लागेको बैठकको समय भने तय भएको छैन । शनिबार प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘वान टु वान’ वार्ता गरेका थिए । वार्तापछि आइतबार संयोजन समिति बैठक बस्ने समझदारी जुटेको थियो। सोही सझदारी अनुसार प्याकेजमा सहमती गर्नका लागि बैठक बस्न लागेको बताइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले आइतबार बिहान पार्टीको संसदीय दलको बैठकमा अब दुई दलबीच प्याकेजमा समहति हुने विषय अन्तिम चरणमा पुगेको बिफ्रिङ गरेका थिए । महाधिवेशनसम्म जानेगरी संगठन, राष्ट्रपति, सभामुख लगायत सरकारमा सहभागिताको विषय र सैद्धान्तिक विषयमा एकमुष्ट सहमति जुटाइने उनले दलको बैकठमा जानकारी गराएका थिए । माओवादीले ओली सरकारलाई समर्थन गरे पनि हालसम्म मन्त्री पठाएको छैन ।
ओली प्रधानमन्त्री चयन हनुअघि भएको एकता संयोजन समिति बैठक सहमति जुटाउन असफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस