काठमाडौं । कोरोना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाईरहेको सरकारले संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुलाई १५ बुंदे आवाश्यक निर्देशन जारी गरेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बिहीबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने कामहरु उल्लेख गर्दै १५ वटा निर्णय गर्दै सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सरकारका निर्देशन पालना भए नभएको समेत अनुगमन गर्न जनशक्ति खटाउने भएको छ । मन्त्रालयले कोरोना भाइरस समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार स्याम्पल टेष्टको लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । कोरोनाको जोखिमलाई ध्यान दिदैं विभिन्न प्रदेशको स्थानिय तहहरुमा अस्थायी अस्पतालसंगै आईसोलेसन वार्ड बनाईएको छ ।
हेर्नुहोस निर्णय :
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०७६, १४ : ४०
लेखकबाट थप