काठमाडौं । नेपालमा हुनसक्ने कारोना रोगको संक्रमणलाई मध्यनगर गर्दै सरकारले विभिन्न ११ वटा निर्णय गरेको छ ।
सोमबार कोरोनाको संक्रमण रोकथामका लागि गठन भएको उच्चस्तरीय समितिको बैठकले काठमाडौंका ६ वटा अस्पतालमा २२० वटा आईसीयू बेडको व्यवस्था गर्ने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीर अस्पताल र पाटन अस्पतालमा २०–२० वटा गरी २२० आईसीयू बेडको तत्काल व्यवस्था गरिनेछ ।
यस्तै खरिपाटीसहित विभिन्न अस्पतालमा गरी हजार बेड क्षमताको आइसोलेसन वार्डको व्यवस्था गर्ने पनि सरकारले निर्णय गरेको छ ।
यस्तै उपत्यका बाहिरका ६ स्थानमा पनि वाइसोलेसन वार्ड बनाउने सरकारको निर्णय छ ।
यसैगरी कर्मचारी सञ्चयकोषले कडा रोग लागेबापत दिने रु १० लाखको सूचीमा कोरोना भाइरसलाई पनि राख्ने सरकारले निर्णय गरेको छ।
स्वास्थ्यकर्मीमा हुनसक्ने सम्भावित संक्रमणलाई ध्यान दिँदै विभिन्न सुरक्षासँग सम्बन्धित सामग्री खरिद गर्ने, स्वास्थ्य सचेतनासम्बन्धी सामग्रीमा ध्यान दिने, अतिरिक्त तलबको व्यवस्था गर्ने निर्णय सरकारले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०३ चैत्र २०७६, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि