काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् ।
मंगलबार प्रमुख सचिव पशुपति भक्त महर्जन शाहको सन्देश लिएर शिक्षण अस्पताल महाराजगन्ज पुगेका थिए । पूर्वराजाका संवाद सचिव फणि पाठकले महर्जनमार्फत शाहले ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको बताए ।
ओलीको बुधबार दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गर्न लागिएको छ । शाह दुई दिनअघि मात्रै भारतको दुई साता लामो भ्रमण पूरा गरेर स्वदेश फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०७६, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पारालिम्पिकमा काश्य पदक विजेता पलेशालाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई