एजेन्सी । भारतको मेघालयमा नागरिकता संशोधन कानूनको विरोधमा भएको प्रदर्शनको क्रममा झडप हुँदा दुईजनाको मृत्यु भएको छ । मेघालयको इस्ट खासी हिल्समा भएको प्रदर्शनको क्रममा झडप भएको हो ।
झडपमा दुईजनाको मृत्यु भएपछि अवस्था थप उग्र एवम् तनावग्रस्त बन्न नदिन भन्दै स्थानीय प्रशासनले शिलोङ्ग शहरमा कर्फ्यू लगाएको छ । यस्तै प्रशासनले इन्टरनेट सेवा पनि बन्द गरेको छ।
शनिबार बिहान शिलोङ्गको बजार क्षेत्रमा खासी छात्र संघ (केएसयू) सदस्य र गैर–आदीवासी समूहबिच झडप भएको हो । सो झडपमा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा एकजना खासी युनियनका नेता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । झडपको क्रममा भएको चक्कु आक्रमणमा कम्तिमा ६ जना घाइते भएका छन् । अवस्था सामान्य बनाउन प्रशासनले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जाल विधेयक फिर्ता माग्दै माइतीघरमा प्रदर्शन
आजपाले चैत २४ गते काठमाडौँमा प्रदर्शन गर्ने
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौँमा प्रदर्शन
रास्वपाका कार्यकर्ताले गरे पर्सामा प्रदर्शन
चितवनमा रविका समर्थकद्वारा प्रदर्शन
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते