त्रिविको सम्पत्तिको आसमा पाँच विश्वविद्यालय

पत्रपत्रिकाबाट

शुक्रबार, ०४ फागुन २०७४, ०७ : ५०
त्रिविको सम्पत्तिको आसमा पाँच विश्वविद्यालय

काठमाडौं । गत सात वर्षमा देशमा पाँच विश्वविद्यालय स्थापना भए । जसमध्ये खुला विश्ववद्यालय बाहेक कृषि तथा वन मध्यपश्चिम, सुदूरपश्चिम र राजर्षि जनक विश्वविद्यालय स्थापनाकालदेखि नै सम्पत्ति विवाद भएको छ ।

नयाँ स्थापित कृषि तथा वन, मध्यपश्चिम, सुदूरपश्चिम र हालै स्थापित राजर्षि जनक विश्वविद्यालयकको सम्पत्ति समायोजन गरी विश्वविललय स्थापना गर्ने उल्लेख छ ।

तर, त्रिविले आफ्नो ऐन संशोधन नभएकाले अन्य विश्वविलयलाई सम्पत्ति प्रयोग गर्न नदिने बताउँदै आएका कारण विश्वविद्यालयबीच सम्पत्ति विवाद नसुल्झिएको हो ।
सम्पत्ति विवाद किन ?
नयाँ स्थापित विश्वविद्यालय र त्रिविको सम्पत्ति विवादको मुख्य कारक सरकार भएको शिक्षाविद् विद्यानाथ कोईराला बताउँछन् ।

सरकारले नयाँ विश्वाविद्यालय स्थापनाको विधेयक ल्याउँदा त्रिविसँग छलफलै नगरी सम्पत्ति बाँडफाँडको व्यवस्था गरेकाले समस्या खडा भएको उनले औँल्याए ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस