काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई आइतबार वर्तमान तथा भूतपूर्व जीवित श्री गणेश श्री भैरव संरक्षण समितिले सम्मान गरेको छ ।
महानगरको वडा नं २१ त वहा, लगंमा आयोजित कार्यक्रममा प्रमुख शाक्यलाई सम्मान गरिएको हो । जीवन्त र राजकीय सस्कृतिका रुपमा मनाइने येँया (इन्द्रजात्रा) पर्वमा बिशेष पूजा आराधना गरिने जीवित देवीदेवतामध्ये श्री गणेश र श्री भैरवका रुपमा रहनु भएका पूर्व गणेश र भैरवको जीविकोपार्जनका लागि अभिभावकत्व लिनुभएकोले मेयर शाक्यलाई सम्मान गरिएको समितिले जनाएको छ । आफ्नो जीवनको अमूल्य बाल्यकाल श्री गणेश र भैरवका रुपमा रहनुभएका जीवित देवीदेवताको महत्व मनन गरेर यसको संरक्षण, बिकास र निरन्तरताका लागि महानगरकातर्फबाट मासिक भत्ता व्यवस्था र अमूर्त संस्कृतिको संरक्षणमा योगदान गर्नुभएकोले सम्मानित गरिएको हो, मेयर शाक्यलाई प्रदान गरिएको सम्मान पत्रमा लेखिएको छ ।
ंमहानगरपालिकाले आर्थिक वर्ष २०७०÷०७१ देखि पुर्व कुमारीलाई मासिक १० हजार र पूर्व गणेश तथा भैरवलाई मासिक ८ हजार रुपैयाँका दरले भत्तासहित सम्मान गर्न थालेको हो । स्थानीय तहमा जनप्रतिनिधिको आएपछि २०७५ सालबाट साविक रकमलाई बढाएर पूर्व कुमारीलाई १५ रुपैयाँ र पूर्व गणेश तथा भैरवलाई मासिक १२ हजार रुपैयाँ भत्ता प्रदान गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ माघ २०७६, १७ : १४
लेखकबाट थप