काठमाडौँ । फेसबुकमा साथी बनाएर विदेशबाट डलरसहितको पार्सल आएको छ भन्दै पैसा ठगी गर्ने कार्यमा विदेशी र नेपालीको एक समुह सक्रिय भएको खुलेको छ । यस्तै घटनामा संलग्न रहेको आरोपमा विदेशीसहित पाँचजना पक्राउ परेपछि उक्त रहस्य खुलेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले उनीहरुलाई काठमाडौँका विभिन्नस्थानबाट पक्राउ गरेको छ ।
उनीहरुले विदेशबाट पार्सल पठाएको भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोग छ । पक्राउ पर्नेमा नाजेरियाका ४० वर्षीय क्यारिल चिनान्सो, आइबेरिकोष्टका २३ वर्षीय आसापे एड्जी, काठमाडौँ बस्ने चितवनको गुञ्जनगरका ४० वर्षीय रामचन्द्र गैह्रे, काठमाडौँ महानगरपालिका २६ ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र काठमाडौँ वनस्थली बस्ने चितवन कालिकाका ३१ वर्षीय हरि ओझा रहेका छन् ।
उनीहरुमाथि विभिन्न सामाजिक सञ्जालमार्फत विदेशी नागरिकको नाममा प्रोफाइल तयार गरी नेपालीलाई साथी बनाई बहुमूल्य सामान, वेलायती पाउण्ड तथा अमेरिकी डलरसमेत भएको पार्सल पठाईदिन्छु भन्दै उक्त सामानको फोटोसमेत पठाई ठगेको आरोप छ ।
एनसेलबाट विदेशी नागरिकले फोन गरी तपाईको सामान मैले लिएर आएको थिएँ, एयरपोर्टमा एक्सरे मसिनबाट हेर्दा डलरसमेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनेर रकम माग्ने गरेको अनुसन्धानमा खुलेको सिआईवीका प्रवक्ता बेलबाहादुर पाण्डेले बताए ।
उनीहरुले पार्सल लिएर मेरो मान्छे नेपालमा आउँदैछ र सो सामानहरु लिनु भनेर म्यासेज पठाउने गरेका थिए । सो पार्सलन लिनका लागि नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने गरेको खुल्न आएको पाण्डेले बताए । पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ पुस २०७६, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराइदिन्छु भन्दै ठगी
टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
बाँकेमा बढ्न थाल्यो वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी
१० लाख ठगी गरेको आरोपमा एक युवक पक्राउ
जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ