सिजी ल्याण्डमा कालीप्रसाद बाँस्कोटाले झुमाए दर्शकलाई (फोटोफिचर)

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, २० : २८
सिजी ल्याण्डमा कालीप्रसाद बाँस्कोटाले झुमाए दर्शकलाई (फोटोफिचर)

चितवन । भरतपुरमा रहेको सिजी ल्याण्डमा चर्चीत गायक कालीप्रसाद बाँस्कोटाले दर्शकलाई झुमाएका छन । सिजी ल्याण्डले आयोजना गरेको नयाँ वर्ष विशेष कार्यक्रममा बाँस्कोटाले दर्शकलाई नचाएका थिए ।

उनले पारि त्यो डाँडामा लगायत दर्जनौँ चर्चित गितहरु प्रस्तुत गरेका थिए । उनले गित गाईरहदा दर्शकहरुसंगै नाच्दै गाएका थिए । त्यस्ै टे«ंगल व्याण्डले सोही सांगतिक कार्यक्रममा दर्जनौँ प्रस्तुती दिएका थिए ।

यस्तै नयाँ वर्ष र तमु ल्होसार विशेष तृत्य पनि प्रस्तुत गरीएको थियो । सिजी ल्याण्डका म्यानेजर उज्वल केसीले  सवै चाडपर्वको अवसरमा विशेष कार्यक्रम गर्ने गरेको बताए ।

सिजी ल्याण्ड घुम्न आउने दर्शकका लागी मनोरञ्जन दिन कार्यक्रम गर्दै आएको उनको भनाई छ । चर्चित कलाकारको कार्यक्रममा कुनै टिकटको व्यवस्था नगरीएको म्यानेजर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस