प्रधानमन्त्री ओलीलाई अस्पताल लगियो

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०७६, १५ : ३७
प्रधानमन्त्री ओलीलाई अस्पताल लगियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल सँगै रहेको मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको छ । 

नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर लगिएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार नियमित डायलासिस गरेर प्रधानमन्त्री ओली आजै बालुवाटर फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस